सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एथेन्स । टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जना घाइते भएका छन् ।ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । लेसबसको भ्रिसा भन्ने गाँउमा ती १० जना घाइते भएको र एक जना बृद्ध रहेका बताएको छ ।
“दर्जनौ घरहरु भत्किएका छन्, गाँउका सडकहरु पनि चिराचिरा परेका छन्,” एक सरकारी अधिकारीले स्थानीय एक टेलिभिजनसँग भने ।
उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य स्थानीयले अपाङगता भएका र महिलाहरुलाई पहिलो प्राथमिकता दिई उद्धारको काम भइरहेको जनाएका छन्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा