सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३० जेठ ।गौशाला, स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । साविकको मटिहानी गाविस–२ तथा हाल मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि दाता जैनपुरीले रु ३० लाख मूल्य पर्ने सात कट्ठा जग्गा दान गर्नुभएको हो ।
सोमबार मटिहानीस्थित राम उच्च माविमा आयोजित जग्गा हस्तान्तरण कार्यक्रममा दाता रामप्रसाद गुप्ता जैनपुरीले प्रतिकट्ठा रु साढे चारलाख मूल्य रहेको सात कट्ठा जग्गाको लालपुर्जा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नागेन्द्र यादवलाई स्वास्थ्यचौकी भवन निर्माणका लागि हस्तान्तरण गर्नुभएको हो ।
मटिहानीमा स्वास्थ्यचौकी भवन निर्माणका लागि लाखौँको जग्गादान गर्ने दाता जैनपुरीलाई जग्गा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दोसल्ला र माला लगाई सम्मान गर्नुभएको थियो ।
साथै, उहाँले जग्गादाता जैनपुरीको सहयोगका लागि धन्यवाद दिनुहुँदै राष्ट्र निर्माणमा र समाज विकासका लागि सरकारको मात्रै नभएर नागरिकको पनि महत्वपूर्ण भूमिका हुने गरेको बताउनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा