सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०,नेपालगंज : नेपालगंजमा राजपाका कार्यकर्ताले कांग्रेस उम्मेदवारको गाडी तोडफोड गरेका छन् । असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा असमति जनाउँदै आन्दोलनमा उत्रिएको राजपाले आजदेखि तराई मधेस बन्द आह्वान गरेको छ ।
बन्द सफल पार्न भन्दै सडकमा उत्रिएका राजपाका कार्यकर्ताले नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेसका मेयर उम्मेदवार सुरेश कनोडियाको गाडी तोडफोड गरेका हुन् ।
कनोडियाको बा १४ प १३८७ नम्बरको गाडी राजपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । गाडी तोडफोडमा संलग्ले राजपाका कार्यकर्ता ललितकुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा