सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । छिमेकी देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि ४६२ जनाले कतारका लागि श्रमस्वीकृति लिएकोमा सोमबार दिउँसोसम्म एक सय जनाले मात्र लिएका थिए ।
एक साताअघि साउदी अरब, बहराइन, यूएई, यमन, लिबिया र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि त्यसको असर नेपालबाट कतार जाने नेपालीमा पनि देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा