सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न अाज बेलुका प्रधानमन्त्री देउवा अध्यक्ष निवास लाजिम्पाट पुगेका थिए। दुइ नेताबीच सरकार सञ्चालन, मन्त्रीपरिषद बिस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग बार्ता र सम्वादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा