सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं जेठ २९ । नेपाल सहित एसियाका ६ राष्ट्र सहभागि हुने एसियन प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।
क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाबको आयोजनामा हुने उक्त प्रतियोगितामा एसियाका ६ वटा देश नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश र दुबईको क्रिकेटका टिम सहभागी हुनेछन् ।
प्रतियोगिता असार ५ गतेदेखि सुरु हुने आयोजकले समितीले राजधानीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुने उक्त प्रतियोगितामा जम्मा १९ वटा खेल हुनेछन् । सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने अयोजक समितीले जनाएको छ ।
असार ५ गतेबाट शुरु हुने किर्तिपुरको क्रिकेट खेल मैदानमा हुनेछ भने खेलमा प्रथम हुने टोलीले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
उक्त प्रतियोगीता सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा