सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२९ जेठ, सर्लाही – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । दोश्रो चरणको चुनाव जुनसुकै हालतमा हुन्छ, यादवले भने,‘राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन्।’ चुनाब सार्दै जादा जनतामा अन्यौलता बढेका छ, उनले भने,‘ सरकारले चुनाब सर्नु भन्दा पनि चुनाव सफल बनाउने तर्फ लाग्नु पर्छ ।’ चुनाब चिन्ह पाए राष्ट्रिय जनता पार्टी चुनाबमा आउने भएकाले मेधेशमा जसरी भएपनि निवार्चन हुने यादबले दाबी गरे।
कसैको आन्दोलने चुनाव प्रभावित हुदैन।’ चुनाब भए जनताले स्थानीय सत्ताले शक्तिपाउने , नभए देश र मधेशका जनताले नोक्सान भोग्ने पर्ने भएकाले चुनाबमा जानु आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा