सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले दोश्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्न जरुरी रहेको बताएका छन् छ । उनले जनतामा देखिएको निर्वाचनप्रतिको उत्साहलाई ध्यानमा राखेर निर्वाचनलाई भयरहित ढंगमा तोकिएको मितिमा सम्पन्न गर्न जरुरी रहेको बताए ।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता नेपालले राजपाको अनगिन्ती माग पुरा गर्न सरकारले पुनः मिति सार्न लागेको भन्दै सरकारको आलोचना गरे । उनले प्रदेश नम्बर २ को निर्वाचन सार्नका लागि राजपाले गरेको आग्रहमा सरकारले समर्थन गर्न लागेको उल्लेख गर्दै मिति सारेमा प्रतिपक्षले विरोध गर्ने बताए ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले स्थानीय सरकारले कार्यपालिकाको समेत भूमिका निर्वाह गर्ने भन्दै सरकारले स्थानीय तहलाई थप बलियो बनाउन अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । उनले स्थानीय सरकारलाई सुदृढ र संस्थागत गर्न पनि सरकारले नीति तथा नियमहरु तर्जुमा गरेर यसलाई अघि बढाउन जरुरी रहेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा