सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेपछि आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अन्तरास्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यसको असर कतारमा रहेका नेपाली कामदारहरुले पनि भोग्नु परेको छ । डलर अभाव भएपछि नेपालीलाई घरमा पैसा पठाउन समस्या पर्ने देखिएको छ । कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । उनीहरुले नेपालमा दैनिक झण्डै एक करोड ३५ लाख रुपैयाँ पठाउने गरेको राष्ट्र बैंकको तथ्याँक छ ।
सात देशले कतारसँग सम्बन्ध तोडेको एकहप्ता बित्दा कतारमा सञ्चित डलर सकिएपछि यसको प्रभाव सुरु भएको हो । सम्बन्ध तोडेपछि लगाएको सामुन्द्रीक र हवाई नाकाबन्दीका कारण कतारकासँगको आर्थिक कारोवार पनि बन्द भएसँगै मुद्रा सटही केन्द्रहरुमा डलरको अभाव भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा