सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२९ जेठ । काठमाडौं, नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेरै निर्धारित मितिमै निर्वाचन गर्नुपर्ने बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले संविधान संशोधन गरेर आन्दोलनरत दलहरुको माग पूरा गरेर सबै दलहरुलाई समेटेर असार १४ मै दोस्रो चरणको स्थानीय तह निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
दलहरु जिम्मेवार बन्न सके एकै दिनमा संविधान संशोधन गर्न सकिने असार १४ मै निर्वाचन गर्न सम्भव रहेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘हिजै मात्रै संसदबाट ऐन संशोधन भयो, जबकि प्रक्रियामा लगेको भए १० दिन लाग्थ्यो, यसर्थ संविधान संशोधनका लागि पनि समय पुग्दो छ।’
आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनलाई असहयोग हुने गरी आन्दोलनका कार्यक्रम नल्याउन सुझाव दिएका उनले भने, ‘आमहड्ताल घोषणाले अनिश्चय र द्वन्द्व सिर्जना हुने देखिएको छ ।’ सरकारले द्वन्द्व निम्त्याउने र राजपाले चुनाव विथोल्ने कार्य गर्न नहुने डा. भट्टराईको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा