सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९, पर्सामा सोमबार मात्रै राजपाका नेता कार्यकर्ताहरुले चुनावसँग सम्बन्धित दुईवटा कार्यक्रममा अवरोध पुर्याएका छन् । वीरगञ्जको श्रीपुरमा राखिएको मतदान अधिकृतहको प्रशिक्षण कार्यक्रम र पर्साको पकाहामैनपुर गाउँपालिकामा निर्वाचन सम्बन्धि छलफल गर्न राखिएको सर्वदलीय बैठक राजपाका नेता कार्यताहरुले अवरोध पुर्याएका हुन् ।
नेपाल राष्ट्रिय उच्च मावि विद्यापिठमा राखिएको दुईदिने प्रशिक्षण कार्यक्रम विथोल्न पुगेका राजपाका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडप समेत भएको छ ।
मतदान अधिकृतहरुलाई प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएको जिल्ला निर्वाचन कार्यालय पर्साका जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
मधेसलाई अधिकारबाट गरेर गर्न लागिएको चुनाव कुनैपनी हालतमा सफल हुन नदिने पार्टीको निर्णय अनुसार कार्यक्रम बिथोलिएको राजपाका वीरगञ्ज महानगरपालिका अध्यक्ष ओम प्रकाश सर्राफको भनाई छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा