सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपाली समाजमा कतिपय त्यस्ता प्रचलन छन्, जो रुढिवादी लाग्छन् । तर, तिनको वैज्ञानिक महत्त्व पनि उत्तिकै हुन्छ । तर, आधुनिक जीवनशैलीप्रतिको मोहका कारण त्यस्ता कतिपय वैज्ञानिक तरिका छोडिँदै छ । त्यस्तैमध्ये एउटा हो, पलेँटी कसेर खाना खाने प्रचलन ।
सहरीकरणको विकास र विदेशी संस्कृतिको प्रभावका कारण अहिले पलेँटी कसेर खाने प्रचलन घट्दै गएको छ । पलेँटी कसेर खाना खानुका फाइदा बेग्लै छ ।
जमिनमा पलेँटी कसेर खाना खानुका फाइदा कसेर बस्दा हामीले योगासनको प्रयोग गरिरहेका हुन्छौं । जुन आसनलाई योगविज्ञानमा सुखासन भनिन्छ । सुखासन पद्मासनको एउटा रूप हो ।
फाइदा यस प्रकार छ
– यसरी खाँदा हाम्रो शरीर अघि र पछि गरिरहन्छ । त्यसैले पेटको व्यायाम हुन्छ ।
– त्यसले पाचनशक्ति पनि बढाउँछ ।
– सुखासनमा बस्दा मनमा एकाग्रता पैदा हुन्छ । यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
– सुखासनमा बस्दा शरीरभरि समान रूपले रक्तसञ्चार गर्न मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
– यो आसनमा बस्दा मानसिक तनावबाट मुक्त हुन सघाउ पुग्छ । जसले मनमा सकारात्मक विचार आउँछन् ।
– यो आसनले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा