सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ जेठ – काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो
उहाँले भन्नुभयो – “काठमाडौँ काँग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ ।” उहाँले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको काँग्रेसले अहिले किन हा-यो भन्नेबारे सबै नेता तथा कार्यकर्ताले सोच्नुपर्ने बेला आएको छ भन्नुभयो ।
श्री सिंहले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र त्यसको कार्यान्वयनको जिम्मा पनि अहिले काँग्रेसकै काँधमा आएको चर्चा गर्दै त्यसका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि काँग्रेसले हार व्यहोरेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा