सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९ — काठमाडौं , सरकारले आफ्नो माग पुरा गर्ने नदेखेपछि मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी चुनाव असफल पार्न मधेस झर्ने भएको छ । आन्दोलन सफल पार्न केन्द्रिय नेतालाई मधेशका जिल्लामा जिम्मेबारी दिएर खटाउने राजपाको तयारी रहेको छ । आजै अध्यक्ष मण्डलको बैठकले विभिन्न जिल्लामा केन्द्रीय नेतृत्वलाई जिम्मेबारी दिएर परिचालन गर्ने राजपाको तयारी । राजपाका नेता केशव झाका अनुसार जिम्मेबारी लिएर केन्द्रीय नेताहरु आजै जिल्ला जानेछन् ।
केन्द्रीय नेताहरु जिल्ला गएपछि सरकारसँगको वार्ता प्रभावित हुने देखिएको छ । सरकार आफूहरुका माग प्रति जिम्मेवार नदेखिएको र राजनीतिक एजेण्डाभन्दा पनि जसरी पनि चुनावमा सहभागि गराउने गरी कानूनी बाटोमाा लागेको भन्दै अव आन्दोलनको विकल्प नभएको नेता झाको भनाई छ ।
‘सरकारले जसरी कानूनी कुरालाई प्राथमिकता दिएको छ, त्यो हाम्रो प्राथमिकताको विषय होइन, राजनीतिक मुद्धा सम्बोधन भएको भए हामीलाई कानूनी हिसावले चुनाव लड्न समस्या थिएन, नेता झाले भने, ‘ऐन नियममा संसोधन गर्दा सरकारलाई गरेजस्तो देखिने भएकाले सरकार त्यता तिर ध्यान दिइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा