सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डोल्पा-डोल्पाको ठूलीभेरी नगरपालिकास्थित रुपपानी यार्सागुम्बा पाटनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गत शुक्रबार राति यार्सागुम्बा पाटनमै भएको झडपमा परेर दुवैतर्फका चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
घाइते हुनेमा तेजेन्द्र कार्की, जुना रोकाय, अंगत रोकाय र नरेन्द्र रोकाय रहेको प्रहरी कार्यालयले जनाएको छ ।
एमाले कार्यकर्ता जुना रोकाय, अंगत रोकाय तथा नरेन्द्र रोकायको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहको बताइएको छ । पाटनमा गएका वेला राति मादकपदार्थ सेवन गरेर राजनीतिक विषय जोड्दै विवाद सुरु गरेपछि झडपको स्थिति सिर्जना भएको हुनसक्ने प्रहरीको अनुमान छ । नयाँ पत्रिकाले छापेको छ ।
माओवादी केन्द्रनिकट वाइसियल कार्यकर्ता तेजेन्द्र कार्कीको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको माओवादी केन्द्र डोल्पाका जिल्ला इञ्चार्ज रामलाल विकले जानकारी दिए । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा