सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९ – काठमाणडौं , चुनावमा भाग नलिने घुर्की देखाउदै आन्दोलनको घोषाण गरेको राजपालाई मनाउन सरकारले अन्तिम कसरत गर्दैछ । चुनावमा सहभागिता गराउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्दैले आज आन्तरिक छलफल गरेपछि फेरि राजपाका नेतासँग छलफल गर्ने तयारी गरेका थालेका छन् । आजको छलफलमा पनि राजपाले नमाने स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन सरकारले रणनीति रुपमा अगाडी बढ्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा, सरकारले राजपालाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता भने प्रकट गरेको थियो । राजपा नेपालले भने सत्ता पक्षले आफ्ना राजनीतिक माग पूरा नगरेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने जनाएको छ । राष्ट्रिय जनता पार्टीले आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
कार्यक्रम अनुसार
यस्तो छ राजपाको आन्दोलन कार्यक्रम :
– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।
– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।
-जेठ ३० र ३१ गते गाउँपालिका, नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।
-असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।
-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।
-असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।
-असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।
-असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्याउने ।
-असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्याली निकाल्ने ।
-असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा