सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८ – काठमाडौं, भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुने भएको छ । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि आइतबार यो मुद्दा हेर्न भ्याइएको थिएन । यो मुद्दामा अब पर्सि मंगलबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा