सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८ , क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमान खाद्यान्न पठाएको छ। इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरुले कतारसँग सम्बन्ध तोडेका छन्। कतारले आतंकवादलाई सहयोग पुर्याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ। कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो।
‘माग भएसम्म’
इरान एअरका प्रवक्ता शारोख नुशाबदीले समाचारसंस्था एएफपीलाई आइतबार भने, “अहिलेसम्म पाँचवटा विमानभरी फलफुल र तरकारी पठाएका छौं अर्को विमान पनि पठाउँछौं।” ती प्रवक्ताले कतारमा माग भएसम्म सामान पठाउने बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा