सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, २८ जेठ । तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने रु दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले रु आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ । पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने गर्नुभएकी उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आफँैले श्रीमान्लाई पैसा दिने गर्न थाल्नुभएको छ । “व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानी आफूले घरखर्च मात्रै होइन, बचतसमेत गर्दै आएको छु”, परियारले भन्नुभयो । परम्परागत खेतीबाट निर्वाह नभएर व्यावसायिक तरकारी खेती गरेपछि आफू वार्षिक रु तीन लाखसम्म कमाउन सफल भएको परियारले बताउनुभयो ।
“पहिले पैसाकै कारण श्रीमान्सँग दिनहुँजसो झगडा हुन्थ्यो तर आजभोलि भने मिलेर काम गर्दा झगडा होइन सफलता मिलेको छ, यसले परिवारमा समेत खुसियाली छाएको छ”, परियारले भन्नुभयो । यसरी व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीवस्तरमा परिवर्तन गर्ने परियार मात्रै होइन, उहाँजस्ता धेरै महिलाले आयआर्जनका लागि तरकारी खेती नै रोजेका छन् । अन्नपूर्ण गाउँपालिका घारकी ४२ वर्षीया जमुना बरुवालले आफू तरकारी खेतबाट नै आत्मनिर्भर भएको बताउनुभयो ।
व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च टार्न र बचत गर्न सकिएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा तरकारी खेती गरेर त्यसबाट भएको आम्दानी गाउँको सहकारीका साथै सदरमुकाम बेनीका विभिन्न बैंकमा जम्मा गरेर बरुवालले पोखरा नजिक कास्कीको हेम्जामा घडेरीसमेत किनेको बताउनुभयो । “श्रीमान् वैदेशिक रोजगारीका लागि युएईमा हुनुहुन्छ, उहाँले पठाएको पैसा घरखर्च गर्न नपर्दा सबै बचत हुने गर्छ”, बरुवालले भन्नुभयो, “मैले यहाँ तरकारी बिक्री गरेको पैसा पनि बचत गर्ने गरेकी छु ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा