सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ २८ जेठ । देशले नयाँ सरकार पाएसँगै लगानीकर्ताहरु त्यती उत्साहि नहुदा कारोबारको पहिलो दिन आइतबार नेप्से २४ दशमलव ७ अंकले ओरालो लागेको छ।
१६ सय १५ मा खुलेको नेप्से १५ सय ९० मा पुगेर बन्द भएको छ। जसमा सबैभन्दा बीमा समुहको परिसुचक १ सय ३८ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २५ दशमलव ४३ अंकले घटेको छ ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह १ सय ३८ दशमलव ३३ अंकले ओरालो लागेको छ । आइतबार जलविधुत समुह ४५ दशमलव ९३ अंकले, बैकिड समुह २५ दशमलव ४३ अंकले, विकास बैक समुह २० दशमलव १ अंकले , फाइनान्स समुह ७ दशमलव ५२ अंकले र अन्य समुह १३ दशमलव ०२ अंकले ओरालो लागेको छ । आइतबार बजारमा सबैभन्दा बढी स्टाण्डर्ड चाटर्ड बैंकको सेयर खरिदबिक्री भएको छ । स्ट्याण्डर्डको साढे ७ करोडको सेयर कारोबार भएको छ ।
आइतबार होटल समुह ३० दशमलव ६८ अंकले र उतपादनमुलक समुह १९ दशमलव ०६ अंकले उकालो लागेको छ । आइतबार कारोबारमा आएका १४६ कम्पनी बाट ११ लाख २३ हजार ५ सय ३२ कित्ता शेयरबाट ७१ करोड १३ लाख ७२ हजार ७ सय ३८ रुपैयाको कारोबार भएको छ ।
साताको पहिलो दिन बजारमा कारोबार रकममा भने अघिल्लो साताको भन्दा केही सुधार आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन ४९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा यस हप्ताको पहिलो दिन ७१ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएतापनि लगानीकर्ताहरु त्यती हौसीएको भने देखिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा