सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२८ जेठ –नेपालगन्ज, अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दाबी गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले यस्तो बताएका हुन् ।
ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने पनि बताए । उनले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेको पनि बताए ।
उनले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताए । अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरे । उनले एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षडयन्त्र सफल नहुने बताए । उनले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएर गनिसक्न लाग्दा २-४ वटा मतपत्र च्यातेर तमासा गरेको बताए ।
उनले असार १४ गते निर्वाचन सार्ने कुरा कुनै हालत स्वीकार्य नहुने बताए । अध्यक्ष वली निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पारे । उनले भने, ‘ढुक्क हुनुहोस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन । ’
उनले उम्मेदवार नपाएर असन्तुष्ट रहेको कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनमा होमिन निर्देशन दिए । ‘असन्तुष्ट भए निर्वाचनपछि सच्याउँला तर अहिले साना तिनी कुरामा तपाईहरु नअल्झिनु होला’ ओलीले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा