सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काबुल, जेठ २८ । अफगानिस्तानमा अफगान सैनिकले गोली प्रहार गरी तीन अमेरिकी सेनाको हत्या गरेका छन् । हेलमन्द प्रान्तमा रहेको आचिनमा संयुक्त अभ्यासका क्रममा अफगान सैनिकले अमेरिकी सैनिकमाथि गोली प्रहार गर्दा ती सैनिकको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा अर्का एक अमेरिकी सैनिक घाइते भएका छन् । हत्या गर्ने अफगान सैनिक पनि जवाफी कारबाहीमा मारिएका छन् ।
यसअघि अमेरिकी र अफगान गठबन्धन सेनाको संयुक्त अभ्यासका क्रममा अमेरिकी सैनिकले दुईजना अफगान सेनाको गोली हानी हत्या गरेका थिए ।
अफगानिस्तानमा विगत तीन वर्षदेखि तालिवानविरुद्धको कारबाहीमा अमेरिकी गठबन्धन सेना तैनाथ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । (एजेन्सी)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा