सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८, काठमाडौ : राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्न सरकार तयार भएको छ । मन्त्रिपरिषदको आइतवार सिंहदरवारमा बसेको बैठकले सो ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको राजपालाई चुनावमा सहभागी गराउन सहज गराएको हो ।
राजनीतिक दलको मान्यता,झण्डा र चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा ऐन संशोधन गर्न लागिएको हो । सो सम्बन्धी बिधेयक व्यवस्थापिका संसदमा दर्ता गर्ने निर्णय बैठकले गरेको विनाविभागी मन्त्री प्रभु साहले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा