सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरू र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच आइतबार भएको वार्ता पनि बिना निष्कर्षमा सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान बसेको दुई पक्षको वार्तामा असार १४ गतेका लागि घोषित स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टी राजपाले सरकारसमक्ष चार वटा सर्त तेस्र्याएको छ ।
राजपाले चुनाव आफु भाग लिनका लागी स्थानीय तह थपको निर्णय कार्यान्वयन गर्नुपर्ने, संविधान संशोधन तत्काल गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने र स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नुपर्ने सर्त राखेको छ ।
‘सर्वोच्चको आदेशलाई भ्याकेट गरेर सरकारले बढाएको संख्या लागू गर्ने, निर्वाचनको मिति सार्ने, संविधान संशोधन लगायतका माग राजपाले राखेको छ भने उक्त प्रस्ताव सरकार तथा सत्तारुढ दलले तत्काल सम्भव नहुने बताउदै आएका छन् ।
प्रधानमन्त्री देउवाले भने आजको बैठकमा सहमतिका लागि अनितम प्रयास गर्ने बताएका थिए ।
राजपाका नेताहरुले आफूहरुका मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् भने सरकारले राजपा चुनाव प्रति प्रतिवद्ध नभएको आरोप लगाएको छ ।
सरकारसँगको वार्ता असफल भएपछि राजपाले आजै बैठक गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि राजपाको बैठक अहिले केही बेरमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजारमा बस्दैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा