सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लोकमानसिंह कार्कीको वहिर्गमनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनेका द्वीप बस्न्यातले ठूलो माछाको खोजी गर्न थालेका छन् । लोकमानसिंह कार्कीले तामेलीमा राखेका फाइलहरु प्रमुख आयुक्त बस्न्यातले फुकाउन थालेपछि नेपाल सरकारका भ्रष्ट कर्मचारीहरुको निदहराम भएको छ ।
गत जेठ १९ गते आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरिएपछि भ्रष्टहरुको दिमाग खल्बलिन पुगेको बताइन्छ । हाल अख्तियारकाे कालाेसूचिमा नेपाल ट्रष्टका सचिव अर्जुन कार्की, शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, ऊर्जा सचिव अनुप उपाध्याय उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी, आयल निगमका गोपालबहादुर खड्का, धरान–चतरा–हेटौंडा सडकका त्यसबेलाका सम्बन्धित अधिकारीहरु, आकर्षक मानिने डिभिजन सडक कार्यालयका प्रमुखहरु तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक (हाल गृह) चन्द्रमान श्रेष्ठ, काठमाडौं महानगरपालिकाका उच्च पदस्थ कर्मचारीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी डिआईजीहरु रहेकाे र माथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको बताइएकाे छ । यसबाहेक नापी, मालपोत, वैदेशिक रोजगार र यातायातका कर्मचारीहरुमाथि गोप्य अनुसन्धान गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । अालाेचना साप्ताहिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा