सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमौली, २७ जेठ । दुर्घटना कम गराउन तनहुँ जिल्लामा ४३ वटा कन्भेक्स मिरर जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालयले ती कन्भेक्स मिरर जडान गरेका हुन् ।
पृथ्वी राजमार्गको मुग्लिन कोत्रे सडकखण्डमा २८ वटा, डुम्रे बेँसीसहर सडकखण्डमा नैवटा, भोर्लेटार जाने सडकमा दुईवटा, भिमाद जाने सडकमा एउटा र बन्दीपुर जाने सडकमा तीनवटा कन्भेक्स मिरर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा सङ्घसंस्थाको सहयोगमा १८ वटा र २५ थान कन्भेक्स मिरर सडक डिभिजन कार्यालयको लगानीमा राखिएको क्षेत्रीले जानकारी दिनुभयो । यसका लागि रु सात लाख ७४ हजार खर्च भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा