सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २७ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले खाडी मुलुकहरुले कतार विरुद्धको नाकाबन्दी खुकुलो पार्नुपर्ने बताएका छन् । विभिन्न सातदेशले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि अरब क्षेत्रमा तनाव बढेको छ । प्रतिबन्धले मानवीय संकटको अवस्था आउन सक्ने खतरा रहेकाले खुकुलो गर्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
तर कतारले आतंककारीलाई सहयोग गरेको भए त्यसलाई रोक्नका लागि गर्नु पर्ने काम भने बाँकी रहेको उहाँको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले आतंककारीलाई साथ र सहयोग गरेको आरोप लगाउँदै त्यसलाई रोक्नका लागि तत्काल कदम चाल्नु पर्ने बताउँदै आउनुभएको छ ।
टिलर्सनले नाकाबन्दीका कारण मानवीय संकट निम्त्याउने सक्ने बताए । उनले आतंकवादलाई सहयोग रोक्न कतारका अमिरले धेरै गर्नुपर्नेसमेत उल्लेख गरे । आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरब, युनाईटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने कतारले आतंकवादलाई सहयोग रोक्नुपर्ने बताएका थिए । कतारले भने इस्लामिक पृथकतावादीलाई कुनै सहयोग नगरेको जिकिर गर्दै आएको छ । (एजेन्सी)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा