सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२७ जेठ –रुकुम, बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला समितिले १९ जना नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोधेको छ । निर्वाचनमा पार्टीको निर्णय विपरीत गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै कांग्रेसले जिल्ला सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य सहित क्रियाशील सदस्यहरुलाई स्पष्टिकरण सोधेको हो ।
कांग्रेसले पार्टी विरोधी कार्यमा संलग्न कार्यकर्तालाई कारवाही गर्न ४ सदस्यीय अनुशासन विभाग समेत गठन गरेको थियो । जिल्ला सदस्य भीमवहादुर डाँगीको संयोजकत्वमा रहेको विभागले जिल्ला सचिव जनककुमार चन्द, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लसहित १९ जनालाई स्पष्टिकरण सोधेको हो ।
पार्टी सचिव जनक चन्दले बाफीकोट गाउँपालिको अध्यक्षका उम्मेदवार जनक कुमार बाठालाई हराउन माओवादीसँग मिलेको आरोप छ । त्यस्तै रुकुम क्षेत्र नम्बर १ सभापति सुरतजंग मल्लले मुसिकोट नगरपालिकाका प्रमुखका उम्मेदवार महेन्द्र केसी र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार यज्ञ परियारलाई हराउन माओबादी सग मिल्नुका साथै त्यसका लागि पैसा समेत खर्च गरेको आरोप छ । bत्यस्तै कांग्रेसका क्रियाशील सदस्य शिव आचार्य, पूर्व महाधिवेशन प्रतिनिधि टेकबहादुर पुन लगायतलाई पनि स्पष्टिकरण सोधिएको छ । स्पष्टीकरणमा सात दिनभित्र जवाफ दिन भनिएको छ ।
चित्त बुझ्दो जवाफ नदिएमा उनीहरुलाई पार्टीबाट निष्काशन सहितको कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरिने अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले जानकारी दिए । स्पष्टिकरण सोधिएका नेता कार्यकर्ताहरुले भने उल्टै प्रभावकारी नेतृत्व हुन नसक्दा रुकुमको चुनावमा नसोचेको हार भएको र त्यसका लागि नेतृत्वले नैतिकताका आधारमा पद छोड्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा