सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २७—आज (शनिबार) बाट कोरियन भाषा परीक्षा सुरु भएको छ । सन् २०१८ मा कोरिया जाने कामदार छनोटको लागि हुने भाषा परीक्षा शनिबार र आइतबार सञ्चालन हुने छ । ईपीएस कोरिया शाखाका अनुसार आज र भोलि गरेर ४ सिफ्टमा परीक्षा सञ्चालन हुने जनाइएको छ । यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । भाषा परीक्षामा देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थी सहभागि हने जनाइएको छ ।
परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको मानव संसाधन अधिकारीको टोली काठमाडौं आएको छ । गतवर्षहरुमा पोखरामा पनि परीक्षा सञ्चालन गरिने गरेको भएतापनि यो वर्ष प्राविधिक कारण सबै परीक्षार्थीलाई काठमाडौंमा परीक्षा लिन लागिएको शाखाले जनाएको छ ।
परीक्षामा मोबाइल, ट्याब, स्मार्ट वाच लगायत इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने ब्यवस्था गरिएको छ । परीक्षामा कुनैपनि इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने र ल्याए भने रेस्टिकेट गरिने जनाइएको छ ।परीक्षार्थीले अनलाइन भर्दा इमेलमा आएको प्रवेशपत्रको रंगीन प्रिन्ट पनि ल्याउनुपर्नेछ । सँगै एमआरपी पनि अनिवार्य गरिएको छ ।
यो वर्ष ७५ हजार ५ सय ८० जनाले परीक्षा दिँदैछन् । त्यसममध्ये १० हजार २ सय जना परीक्षामा उर्त्तीण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् । असार १६ गते परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा