सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ २७—शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।
उक्त हेलिकप्टरमा ५ तीर्थालु र पाइलट सवार थिए । हेलिकप्टरमा सवार अन्य ५ तीर्थालुहरू भने खतरामुक्त रहेका छन् । उडेको केही समयमा नै आकस्मिक रुपमा सन्तुलन गुमाउँदा हेलिकप्टर जमिनमा खसेको थियो ।
हेलिकप्टर दुर्घटना हुदाँ भाग्ने क्रममा त्यसको पङखाले काटेर एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन् । घाइते पाइलटहरूलाई उपचारका लागि लगिसकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा