सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २७, राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै केही मधेसवादी नेता र मधेसवादी राजनीतिक दलले मधेसलाई धोका दिएको आरोप लगाउनुभयो ।
सोही पार्टीका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरेमा मधेसी जनताले त्यसको व्यापक विरोध गर्दै आन्दोलनमा जाने बताउनु भयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा