सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २७, काठमाडौं — भ्रष्टाचारको अभियोगमा हिरासतमा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ थप अनुसन्धानका लागि अझै ६ दिन हिरासतमै राख्न म्याद थप गरिएको छ ।
शुक्रवार विशेष अदालतले अनुसन्धानको लागि ६ दिन म्याद थप गरेको हो। आयोगले अदालतमा ३० दिनको म्याद थप गर्न माग गरेको थियो। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई विशेष अदालत पुर्याएर ७ दिन म्याद थप गरिसकेको छ।
स्रोतका अनुसार कर फर्छ्यौट आयोग मार्फत् ब्याज मिनाहा बाहेक जनताबाट उठाएको भ्याटवापतको रकम समेत ब्यापारीलाई फिर्ता दिएकोमा अख्तियारले बढी चासो राखेर बयान लिइरहेको छ। साथै आयोगको म्याद सकिएपछि पनि शर्मा सहित आयोगका अध्यक्ष एलडी महत र उमेश ढकाल बसेर कर फरफारक गरेकोमा पनि अख्तियारले ध्यान केन्द्रित गरेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा