सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, जेठ २७– गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको छ । छ जना यात्रु बोकेको कल साइन ९ एन एलडी बी ३ ई को उक्त हेलिकप्टर अवतरणका क्रममा गोसाइँकुण्डको हेलिप्याडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट हेलिकप्टरमा सामान्य क्षति भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी फडिन्द्र प्रसाईँले रातोपाटीलाई जानकारी दिए । यद्यपी यात्रु भने सकुशल रहेको उनले बताए ।
हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड जाँदै गरेको समेत उनले बताए । डिएसपी प्रसाईँका अनुसार दुर्घटनास्थल पुग्न धुन्चेबाट १ दिनको पैदल दूरीमा रहेको छ भने सञ्चार सुविधाको पहुँच समेत राम्रो छैन । उनले घटनाको खबरलगत्तै धुन्चेबाट प्रहरी टोली त्यसतर्फ पठाइएको जानकारी दिए । हेलिकप्टर चालक प्रकाश सेढाईले उँडाएका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा