सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले आज गरेको विशेष बजार अनुगमनका क्रममा करिब ३०० किलो खसी र कुखुराको मासु नष्ट गरिएको छ ।
देवी मिट स्टोर नख्खु ललितपुरबाट २०८ किलो, आधुनिक गङ्गा कोल्ड स्टोर नख्खु ललितपुरबाट नौ किलो र लिडिया मिट सप भनीमण्डलबाट ५२ किलो गरी जम्मा २७९ किलो सडेगलेको र किरा परेको मासु नष्ट गरेएको हो । तीमध्ये आधुनिक गङ्गा कोल्ड स्टोरमा सरसफाइको अवस्था अत्यन्तै नाजुक रहेकाले सिलबन्दी पनि गरिएको छ ।
त्यसैगरी यातायाततर्फ यात्रुलाई बढी भाडा लिएको पाएपछि तत्काल बढी भाडा फिर्ता गर्न लगाई २६ वटालाई कारबाही पनि गरेको छ । विभागले आज नै विभिन्न स्थानमा करिब ३० वटा पसलको अनुगमन गरेको र केही पसलले व्यवसाय दर्ता प्रमाणीकरण नगरेको पाएपछि तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा आउन निर्देशन दिएको छ ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेलका अनुसार नियमित अनुगमनकै कारण उपभोक्ता सचेत भएर सामग्री खरिद गर्ने गरेका र कमजोरी भेटे तत्काल खबरदारी गर्ने बानीको विकासले गर्दा बजार व्यवस्थापनमा सकारात्मक परिवर्तन हँुदै आएको छ ।
माछामासु क्षेत्रमा अझै ठूलो समस्या रहेको हुनाले उपभोक्ता सचेत भएर खरिद गर्न पोखरेलले आग्रह गर्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा