सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२६ जेठ । गुलरिया – आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ ।
दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए । दुर्घटना परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दुबैजना नसिङ्दल सुर्खेतमा दरबन्दी भई स्थानीय निर्वाचनमा खटिएका सैनिक हुन् । उनीहरु नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत जवान हुन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा