सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप, जेठ २६ – रामेछापको मन्थली नगरपालिका करम्बोटमा सडकको नाली सफा गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटिदिएपछि ५० घर खानेपानीबाट बञ्चित भएका छन् । तामाकोशी नदीबाट लिफ्न प्रणालीबाट पानी तानेर वितरण गरिएकोमा डोजरले पाइप काटेपछि ५० घरका तीनसय मानिस खानेपानीको समस्या भोग्न बाध्य भएका छन् । उनीहरु अहिले तामाकोशी नदीको धमिलो पानी पिउन बाध्य भएका छन् ।
सडक डिभिजन कार्यालय सिन्धुलीबाट ल्याइएको डोजरले सडकको नाली सफा गर्ने क्रममा खानेपानीको मेन लाइनको पाइप काटेपछि नाली सफा गर्ने काम नै छोडेर हिँडेको करम्बोट खानेपानी उपभोक्ता समितिका सचिव पदमकुमारी श्रेष्ठले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा