• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

      मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

      लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

      मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

      पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

      असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

      होटल – रेष्टुरेन्ट विहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने, मास्क नलगाए १० रूपैयाँ जरिवाना

      कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

      सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

      माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

      नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

      मदनकृष्ण श्रेष्ठ लगायत परिवारका ५ जनालाई कोरोना संक्रमण

      ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

      इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

      लुम्बिनीमा सांसद किनबेचको खेल सुरु, जसपाका चारजनालाई मन्त्री बनाइँदै

    होमपेज /  प्रवास

    अवसरको खोजी गर्दै अबुधाबी दुबईमा नेपाली महिला

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २६, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कल्पना पौडेल, अबुधाबी दुबई, २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।

    रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी छ । कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् ।

    सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ । पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि विदेशीनु भएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी हुन् ।

    एयरपोर्टको शौचालयमा भेटिनुभएकी उनी नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन । किन विदेशीनुभएको भनी सोध्दा उहाँले हाँस्दै भनिन् – “दुबई आई ब्युटिपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि दोस्रो पटक अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइन ।”

    निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिर्नुभएकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने छ भन्छिन् । “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्न” – उनले भनिन् ।

    हालैको भ्रमणका क्रममा भेटिनुभएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भएपनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिएकी छिन् । “आराम गरे तलब आउँदैन घर फर्कौ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन । ओभरटाइम पनि गर्नैप¥र्यो । धन्य यहाँ भित्र अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन ।

    अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै ३००को हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नु है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको
    बताए । उनले भने– “एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यो भन्दा बढी छन् ।’’

    यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै आफ्ना समस्या साटासाट गर्छन् । कोही नेपाली जस्तो लागेमा सोधीखोजी गर्छन् । यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग । यो कुरा सुनाउन पनि ती महिलाले बाथरुमभित्र लगेका थिए ।

    दुबईमा रोजगारीका लागि आउने नेपाली सबै कम पढेका वा गाउँका व्यक्तिमात्र हुन्छन् भन्ने भ्रम पनि अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि टुट्छ । कुनै नायिकाभन्दा कम नलाग्ने प्रधानले एयरपोर्टमा समस्या परेका त्यहाँ कार्यरत रहेक नेपाली चेलीको ख्याल पनि उत्तिकै राख्छन् । को बिरामी छ, कसलाई समस्या परेको छ, को परिवारलाई सम्झेर दुःखी छ सबै जानकारी उनीसँग छ ।

    राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उनको परिवार दार्जिलिङमा छ । “पढेर सजिलै घरपायक राम्रो जागिर पाउन गाह्रो छ । धेरै ठूलो आकाङ्क्षा पनि केही छैन । दुई वर्ष भयो आएको । जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने सोचेर यसैमा आनन्दित छु । कसैको रहर त घर छोड्ने हुन्न । परदेशमा सबै नेपाली आफ्नै लाग्छन् । कामले यति फुर्सद हुन्न तर मिलेसम्म म हरेक सहयोग गर्ने कोसिस गर्छु ।

    यहाँ कति दिदीबहिनी पहिलोपल्ट आउँदा अत्तालिन्छन्, उनीहरूलाई सान्त्वना दिन पाउँदा पनि खुसी मिल्ने उनको भनाइ छ । देशमा रोजगारी नहुँदा विदेशिएका नेपाली महिलाले आफूहरूले पनि घरव्यवहार चलाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे ।

    कामको सम्मान हुने भएकाले विदेशी मुलुकमा काम गर्न सजिलो भएको नेत्रा कार्कीले बताए । “हामीलाई आफ्नो देशमा काम गर्न कठिन छ तर हामीलाई यहाँ सजिलो छ” – नेत्राले भने ।

    एयरपोर्टमा कार्यरत महिलाले अन्यत्रभन्दा बढी कमाइमात्र गर्दैनन्, व्यक्तित्वसमेत गजबले विकास गरेका छन् । मेरिना प्रधानका अनुसार विश्वका मानिसको आवतजावत हुने भएकाले यहाँ काम गर्ने हरेक महिलाको व्यक्तित्व र आत्मबल उच्च छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    करोडौँ रकम ठगेर फरार एनआरएनए पोर्चुगलका कोषाध्यक्षको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

    नेपाल फर्किने तयारीमा रहेका नेपाली युवाको कोरियामै निधन

    उज्जवल ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमान भंग

    कोरोना संक्रमणबाट २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन

    अमेरिकामा नेपाली चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ

    कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

    लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

    मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

    पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

    कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

    इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

    अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने, विवाहमा २५ जना

    वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑