सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६ – लन्डन, लिओनल मेसीले आफ्नो फुटबल करिअरको अन्त्य बार्सिलोनाबाट गर्न चाहेको बताएका छन्। उनले बार्सिलोनाका लागि आजीवन खेल्ने आफ्नो इच्छा रहेको र यहीबाट खेल जीवनको अन्त्य गर्न चाहेको बताए।
‘जुन मैले सधै कल्पना गर्थे र सधै चाहन्छुँ,’ अस्ट्रेलियाको मेलबर्नमा ब्राजिलविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेका मेसीले भने। २९ वर्षीय मेसी १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना आएका थिए। उनी १७ वर्षको उमेरमा पहिलो पल्ट बार्सिलोनाको टिममा देखा परे। मेसीले बार्सिलोनाबाट ५ सयभन्दा बढि गोल गरिसकेका छन्।
उनी सहभागी भएको बार्सिलोनाले ८ पल्ट ला लिगाको उपाधि, ४ पल्ट च्याम्पियन्स लिग, ५ पल्ट बालोन डि’ओरको उपाधि जितिसकेका छन्।बिबिसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा