सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘रातो घर’ फिल्म हेरेका छन् । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ओलीले बिहीबार पत्नी, पूर्वसभामुख सुवास नेम्वाङ, भीम रावल, योगेश भट्टराईलगायतका नेताका साथ कमलपोखरीको बिग सिनेमामा हेरेका हुन् ।
रातो घरका निर्मातासमेत रहेका अभिनेता विल्सनविक्रम राई (तक्मे बूढा)ले आफ्नो गृह जिल्ला, झापाका सबै पार्टीका नेतालाई फिल्म हेर्न बोलाएको बताए । ‘सबै पार्टीका नेताज्यूहरूलाई फिल्म हेर्न बोलाएको थिएँ ।
एमालेबाहेकका नेताज्यूहरूले सरकार गठनको व्यस्तताका कारण आउन नपाएको बताउनुभयो,’ विल्सनले भने, ‘लगभग सबै दृश्य झापामा खिचिएकाले पनि उहाँहरूलाई फिल्म देखाउन मन लागेको हो,’ उनले ओलीलगायत सबै नेताले फिल्म एकदम मन पराएको बताए । ‘सबै नेताज्यूले फिल्म एकदमै राम्रो मान्नुभयो,’ उनले भने, ‘सबैले पूरै फिल्म हेर्नुभयो । हामीलाई बधाई र अझ सफलताको शुभकामना व्यक्त गर्नुभयो ।’
सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । डनगिरीको कथामा बनेको फिल्ममा विल्सनका साथमा संयम पुरी, मेनुका प्रधान, गौरव पहारी, अनुराग कुँवर, भानुप्रतापलगायतले अभिनय गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा