सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६, कतार । साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा ‘आत्मसमर्पण’ नगर्ने जनाएको छ ।
विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आफु कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको र विवादको कुनै सैनिक समाधान नरहेको बताएको रोयटर्सले उल्लेख गरेको छ।
आफ्नो देश इस्लाम अतिवादीको अगुवा समर्थक रहेको भन्ने आरोपलाई कतारले अस्वीकार गरेको छ।
बिहीबार दोहामा सम्वाददाताहरुसंग बोल्दै उनले कतारलाई सफल र प्रगतिशील भएका कारण एक्ल्याउन खोजिएको बताए।
“हामी शान्ति न कि आतंकवादको मञ्च हौं। यो विवादले पूरै क्षेत्रको स्थिरता खल्बल्याइदिएको छ। तर हामी आफ्नो विदेश नीति आत्मसमर्पण गर्न कहिले तयार हुनेछैनौं,” उनले भने।
उनका अनुसार कतारलाई आवश्यक खाना तथा पानी आपूर्तिका निम्ति आफ्नो तीनवटा बन्दरगाह प्रयोग गर्न इरानले भनेको छ। तर उक्त प्रस्ताव स्वीकारि नसकिएको उनले बताए।
कतार खानेकुराका निम्ति आयातमा निकै निर्भर छ। संकटका कारण त्यहाँ मानिसले खाना जम्मा गर्ने क्रम बढ्दा अभाव हुन थालेको छ।
शेख मोहम्मदले कतारले यस्तो अनुभव पहिले कहिल्यै नगरेको बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा