सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँ दिल्ली, २५ जेठ– भारतीय कमेडियन कपिल शर्माको शोबाट बाहिरिएका सुनिल ग्रोवर पुनः आफ्नो पुरानो भूमिकामा फर्किने भएका छन् । त्यो पनि बलिउड अभिनेता सलमान खानको आग्रह पछि । सलमानले गरेको आग्रह नकार्न नसकेर सुनिल सोनी टेलिभिजनले आयोजना गर्न लागेको शोमा फर्किन लागेका हुन् ।
सलमान खान आफ्नो नयाँ चलचित्र ‘टुयूवलाइट’को प्रोमोशन सोनी टेलिभिजनमा गर्न चाहन्छन् । यसका लागि सोनी च्यानलले एक विशेष व्यवस्था नै मिलाएको छ । ‘ट्यूबलाइट’ को प्रोमोशन सुनिल ग्रोवरसँग गरिनेछ । फिल्मका लागि सुनिल सोनी टेलिभिजनसँग एक विशेष एपिसोड सुटिङ गर्ने भएका छन् । जसको प्रोमो भिडियो आइसकेको छ ।
उक्त कार्यक्रममा सुनिल आफ्नो चर्चित अवतार डाक्टर मशहुर गुलाटीको रुपमा देखिनेछन् र सलमानको ‘ट्यूबलाइट’ समूहलाई मनोरञ्जन प्रदान गर्नेछन् । च्यानलले सलमान खानलाई ‘द कपिल शर्मा शो’ मा ल्याउनुको साटो सुनिलसँग एक नयाँ कार्यक्रम बनाउने निर्णय गरेको हो ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा