सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ साउन । साताको अन्तिम कारोबारको दिन शेयर बजार घटेको छ । हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने ५ दशमलव २९ अंङ्कले घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार तर बन्द हुने बेलामा पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा आईपुगेको छ ।
यसदिन ३३२ वटा कम्पनिको ५ करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको ५९ करोड ७५ लाखको शेयर किनबेच भयो ।
आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा