सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २४- कतारमा विभिन्न सात देशले लागाएको प्रतिवन्दको असर नेपालमा पनि देखिएकोे छ । काठमाडौंबाट दुवई तथा साउदीमा ट्रान्जिट भएर उड्ने विमानले दोहा जाने यात्रु लैजान छाडेका हुन् । यसरी जाने यात्रुको टिकट काट्न छाडिएको छ । यसअघि टिकट लिइसकेका यात्रुलाई पनि सिधै दोहा जाने विमानमा पठाउन थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसको ओपचारीक जानकारी भने गराइनसकेको र उनीहरुले आन्तरिक रुपमा मिलाइरहेको थाहा भएको प्राधिकरणको भनाई छ । काठमाडौंबाट दोहाका लागि नेपाल एयरलाइन्स, कतार एयरवेइज र हिमालय एयरलाइन्सले सिधा उडान भर्दै आएका छन् ।
यस अघि साउदी तथा युएईमा ट्रान्जिट भएर पनि नेपाली कतार जाने गरेका थिए । टिकट सस्तोमा पाइने भएकाले यसरी जाने गरेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा