सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, २४ जेठ । दोस्रो चरणअन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र काँग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताउनुभयो ।
सहमतिअनुसार रुरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली तथा उपप्रमुखमा काँग्रेसका देवेन्द्र मल्ल उम्मेदवारी दिइने छ । त्यस्तै छवटा वडा रहेको सो गाविसको बङ्म्घा र बलेटक्सार वडाका अध्यक्षमा माओवादी केन्द्र तथा थानपती, रुरु, रिमुवा र ग्वादी गरी चारवटा वडा अध्यक्ष काँग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसीले बताउनुभयो ।
एमालेले उक्त गाउँपालिकाका प्रमुखमा निलकण्ठ गौतम र उपप्रमुखमा लक्ष्मीदेवी पन्थलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा