सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२४ जेठ, बैतडी । चट्याङले बैतडी जिल्लाका बिभिन्न सात स्थानका ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए ।
साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चुँडिएकोसमेत उनले बताए । चट्याङले ट्रान्सफर्मरमा क्षति गर्दा तथा तार चुँडिदा बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै, जिल्लाका अन्य ठाउँमा पनि ट्रान्सफर्मरमा क्षति गरेको तथा तार चुँडिएर विद्युत् सेवा अवरुद्ध भएको खबर आएकाले क्षति विवरण सङ्कलन भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
क्षति पुगेका लाइनको खोजी गरी मर्मतको कार्य भइरहेको केन्द्रले जनाएको छ । मर्मत कार्यसँगै विद्युत् सेवा सञ्चालनको काम पनि भइरहेको बताइएको छ । चट्याङले बैतडीको बसाली–रिम, बैतडी–सतबाँझ क्षेत्रको लाइनमा बढी क्षति पुगेको छ ।
जिल्लामा विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चार सम्पर्कविहीन भएका छन् । यसका साथै विद्युतबाट सञ्चालित हुने कलकारखाना, मिल र सञ्चारमाध्यम पनि समस्यामा परेका छन् । विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा