सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३, विराटनगर- प्रहरीले सोमबार अवैध सय लिटर घरेलु मदिरासहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेमुवाको गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचक्रममा काँकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको ना ५ ख ४८४२ नम्बरको यात्रुवाहक बसमा लुकाइछिपाइ ल्याउँदै गरेको मदिरासहित, मदिरा ल्याउने व्यक्ति, बस चालक र सहचालकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा