सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिया, २३ जेठ । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ । राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका– १ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से ५ प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो ।
रावल र मोटरसाइकल पछाडि बसेका सोही स्थानका १४ वर्षीय सुरेश रोकाय घाइते भएकामा रावलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । ट्र्याक्टर चालक भने फरार छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा