सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३ , काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो । सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गर्नु भएकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै प्रकारको उपहार नलिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
उहाँको कार्यकाल बुधबार(जेठ २४ गते) सकिँदै थियो । नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले मंगलबार अवकाश पाउँदैछिन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा