सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १८ – भरतपुर को मतगणना विवादबारे बिहान ११ बजे सुरु भएको आयोगको बैठकमा भरतपुरमा फेरि मतदान गराउने कि मतगणनालाई अघि बढाउने भन्नेबारे छलफल भइरहेको छ । भतरपुरमा पुनः मतदान गराउँदा गलत नजिर बस्ने भएकाले आयोगले च्यातिएको मतपत्रलाई बदर घोषित गरी मतगणना अघि बढाउने निर्णय गर्ने सम्भावना छ । आयोग निकट स्रोतले भन्यो, ‘पुनः मतदान गराउनेतर्फ भन्दा पनि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव च्यातिएको मतपत्रलाई बदर घोषित गरेर मतगणनालाई अघि बढाउने मनस्थितिमा देखिनुभएको छ ।’
स्थानीय तह निर्वाचन ऐन, २०७३ ले कुनै कारणले मतपत्र नोक्सान भएमा त्यो मतदान केन्द्रमा पुनः मतदात गराउनु पर्ने कानुनी व्यवस्था छ । तर भरतपुरमा मतगणनामा बसेका दलका प्रतिनिधिले नै नियमतवस मतपत्र च्यातेको निष्कर्ष निकाल्दै आयोगले मतगणना अघि बढाउने तयारी गरेको स्रोतको दावी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा