सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२२ जेठ । काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई राजनीतिमुक्त बनाइनुपर्ने छ । आफ्नो १० महिने कार्यकालपछि आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री कार्कीले पत्रकारितालाई दलगत राजनीतिबाट मुक्त गरी स्वच्छ र व्यावसायिक बनाइनुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री कार्कीले अहिले मुलुकको राजनीतिलाई ठीक ठाउँमा लैजान जरुरी भएको र राजनीति सही ठाउँमा आए सबै कुरा ठीक हुने जिकिर गर्नुभयो । उहाँले राजनीतिलाई सङ्लो पार्न कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीतन्त्रलाई स्वच्छ, सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले आफ्नो कार्यकालमा दूरसञ्चार सेवालाई गाउँका दूरदराजसम्म पु¥याउने, सरकारी सञ्चारमाध्यमलाई सवलीकरण गर्नेजस्ता महत्वपूर्ण काम भएको र यसका लागि सबै निकायको समन्वय र प्रभावकारी भूमिका स्मरणीय छ भन्नुभयो । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रीसँगको आफ्नो पाँच महिने कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र नीतिगत रुपमा दीर्घकालीन महत्वका प्रभावकारी काम भएको उल्लेख गर्नुभयो । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सञ्चारमन्त्री कार्कीको सरलता र दार्शनिकता सबैका लागि सान्दर्भिक हुने धारणा राख्नुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा